आफु निर्दोश रहेको भन्दै पलले सार्वजनिक गरे अडियो-भिडियो प्रमाण

392 shares

काठमाडौँ । गायीका समीक्षा अधिकारीले पल शाहमाथि बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दिएपछि मनोरञ्जन क्षेत्र तातेको छ । शुभचिन्तकहरु एक आपसमा बाँझीएका छन् । कतिले पललाई फसाइयो भनेका छन् भने कतिले समिक्षामाथि अन्याय भयो भनेर लेखिरहेका छन् ।

अधिकारीले प्रहरीमा उजुरी दिएको भोलिपल्छ पलले सामाजिक सञ्जाल फेसबुकमा आफु निर्दोश रहेको भन्दै ५ वटा अडियो र एउटा भिडियो सार्वजनिक गरेका छन् ।

यस्तो छ पलले लेखेको स्ट्याटस

म आज केहि आफ्नो मनमा लागेको कुरा भन्न जादैछु। सायद अहिले सम्म मलाई हजुरहरु सबैले आफ्नो मन देखी निकालि सक्नु भएको होला र गाली गलौच पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईहरु सामु म माथी गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु ।

केहि दिन अगाडी प्रसारित अडियो क्लिपमा गायिका समीछ्या अधिकारी द्वारा म माथी सुन्न नसकिने खालको कुराहरु गर्नुभयो र जुन आरोप म माथी लगाईएको छ ति सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथी प्रहार गरिएको छ ।

उक्त अडियो क्लिपमा भनिए अनुसार पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि जवर्जस्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ बर्ष अगाडी देखी भएको अनि १ बर्ष पछी मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो साथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो लगाएत बिभिन्न सुन्नै नसकिने कुराहरु भनिएको छ त्यो सबै गलत हो र यसको प्रमाण म दिन गईरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला । यदी म दोशी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु । र जुन व्यक्तिहरुले गायिका समिछ्या अधिकारिलाई प्रयोग गरेर नियोजित ढङ्गले षड्यन्त्र गर्ने ति व्यक्ती हरुको नाम यस प्रकार रहेको छ ।
१. साथी दुर्गेश थापा
२. ठुल्दाई सरोज ओलि
३. भाई कृष्ण जोशी
४. सम्राट चौलागाई

पलले सार्वजनिक गरेको अडियो-

392 shares