पलले आज आज सरेन्डर गर्ने

231 shares

काठमाडौँ । कलाकार पल शाह आइतबार (आज) प्रहरी समक्ष उपस्थित हुने भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पलले स्वास्थ्यमा समस्या आएकोले यस अगाडि उपस्थित हुन नसकेको स्पष्टिकरण दिएका छन् ।

गायीका समीक्षा अधिकारीलाई करणी गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि पल प्रहरीबाट भागिरहेका थिए ।
यस्तो छ उनले लेखेको स्ट्याटस

नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद

231 shares