नेकपा एस लादुकको अधिवेशन सम्पन्न

175 shares

दोलखा । नेकपा एकीकृत समाजवादी पार्टीले बिगु गाउँपालिका वडा नम्बर ४ लादुकको वडा अधिवेशन सम्पन्न गरेको छ । समाजवादीले बासु खत्रीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गर्दै अधिवेशन सम्पन्न गरेको हो ।

May be an image of 11 people, people standing and outdoors

दोलखाका संस्थापक कम्युनिष्ट नेता जितविर लामाको जन्मथलो रहेको ठाउँमा कमिटी गठन भएको हो । अधिवेशनलाई पार्टीको पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारी, जनजाति महासंघका केन्द्रिय अध्यक्ष पासाङ शेर्पा, जिल्ला कमिटी अध्यक्ष भिम दाहाल लगायतले सम्बोधन गरेका थिए ।

May be an image of 5 people, people standing and outdoors

175 shares