‘भलिमाइ’ ले ३ दिनमै कमायो सय करोड

357 shares

काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘भलिमाइ’ तीन दिनमै सय करोड क्लबमा प्रवेश गरेको छ । शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको फिल्मले छोटो समयमा नै सय करोड क्लब पार गरेको हो ।

एच विनोदको निर्देशनमा बनेको फिल्ममा अजित कुमार, हुमा कुरैशी, कार्तिकेय गुम्माकोन्डा लगायतका कलाकारको अभिनय रहेको छ । सामान्य परिवारमा हुर्केको युवाहरु आफ्नो असिमित चाहना पुरा गर्न जुनसुकै कदम उठाउन पनि तयार हुन्छन् । डिजिटल जमानामा कसरी साधारण मानिसहरु ठगिन्छन् भन्ने कुरा फिल्मले दर्शाउँछ । यसका लागि युवाहरु कसरी दुरुपयोग भइराखेका छन् भन्ने फिल्मको मुख्य कथाबस्तु रहेको छ ।

पछिल्लो समय दक्षिण भारतीय फिल्मले एकपछि अर्को सफलता प्राप्त गरिरहेका छन् । यसअघि अल्लु अर्जुनको पुष्पाले तहल्का मच्चाएको थियो ।

357 shares