भोलि सार्वजनिक बिदा

329 shares

काठमाडौँ । सरकारले फागुन १९ गते सार्वजनिक बिदा दिएको छ । बुधबार सूचना जारी गर्दै गृह मन्त्रालयले ग्याल्पो ल्होछारको बिदा दिएको हो ।

सरकारले देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थामा सार्वजनिक बिदा दिएको हो । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछ ।

 

May be an image of text

329 shares