बालिकासँग यौन सम्बन्ध राख्नु अपराध हो : श्रृंखला खतिवडा

350 shares

काठमाडौँ । अहिले नेपाली कला क्षेत्र पल शाह माथि लागेको जबरजस्ती करणीको आरोपले तातेको छ । विभिन्न कोणबाट धारणाहरु सार्वजनिक भइरहेका छन् । पल पक्राउ पर्दासम्म चुप रहेका कलाकारहरु बिस्तारै मुख खोलिरहेका छन् ।

नायिका रेखा थापा र ऋचा शर्माले नाबालिका समीक्षा अधिकारीको पक्ष लिदै सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका छन् । अन्य कलाकारहरुले केही बोलेका छैनन् ।

सोही सन्दर्भमा पूर्व मिस नेपा श्रृंखला खतिवडाले आफ्नो धारणा सार्वजनिक गरेकि छन् । उनले नाबालिकासँग यौन सम्बन्ध राख्नु अपराध हो भन्दै लेखिकि छन् । इन्टाग्रामे स्टोरीमार्फत खतिवडाले नाबालिकाको पक्षमा धारणा राखेकि हुन् ।

गायीका समीक्षा अधिकारीले पलले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । पललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

No description available.

350 shares