इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

322 shares

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर शुक्रबार सूचीकृत भएको हो ।

कम्पनीको शेयरले न्युनतम १ सय ५ रुपैँया र अधिकतम ३ सय १५ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ । कम्पनीको शेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

322 shares