‘तँ’ भनेको निहुँमा चक्कु प्रहार गरि चोकेन्द्रको हत्या

399 shares

काठमाडौँ । पोखरामा तँ भनेको निहुँमा चक्कु प्रहार गरी हत्या भएको छ । बिहीबार शिवरात्रीको कार्यक्रममा गएका ३७ वर्षीय चोकेन्द्र गुरुङको हत्या भएको हो ।

सामान्य विवाद भएपछि लामडाँडाका २९ वर्षीय प्रकाश गुरूङ, लामाखेतका २५ वर्षीय निशान गुरूङ र डिलबहादुर गुरूङले लामडाँडाका चोकेन्द्रको हत्या गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई थप अनुसन्धानको लागि आज जिल्ला अदालत कास्कीले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

399 shares