पल शाह प्रक्ररणमा १६ युट्युव च्यानलमाथि साइबर अपराध मुद्दा, कुन कुन परे ?

1.32K shares

काठमाडौँ । नेपाल प्रेस काउन्सिलले १६ युट्युब च्यानलमाथि साइबर अपराध मुद्दा लगाएको छ । काउन्सिलले पल शाह प्रकरणमा वैयक्तिक गोपनीयतामा खलल पुर्याएको भन्दै शुक्रबार १६ युट्युब च्यानललाई कारबाही गर्न साइबर व्युरोमा सिफारिस गरेको हो ।

सिफारिसमा परेका सञ्चारमाध्यमले पीडितलाई थप पिडा दिएको, नकरात्मक असर पार्ने तस्वीर भिडियो प्रसारण गरेको काउन्सिलले जनाएको छ । साथै, २२ अनलाइन मिडियालाई काउन्सिलले सचेत गराएको छ भने १० वेबपोर्टललाई नेपालभित्र प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस गरेको छ ।

कारबाही सिफारिसमा परेका युट्यबु च्यानल –

१. टीसीने नेपाल

२. सुपर अनलाइन

३. एवन समाचार

४. मिडिया ताजा खबर

५. नेपाली मन मिडिया

६. पुमा गौरव राई

७. नौलो शुभ अनलाइन

८. नयाँ खोज नेपाल

९. लक्ष्मण म्युजिक मिडिया

१०. अर्घाखाँची मिडिया

११. विशाल नेपाल

१२. मुन अफ नेपाल

१३. डीएमजी नेपाल

१४. नेपाली माटो

१५. समर्पित प्रकाश

१६. रातोपाटी मिडिया

1.32K shares