नेकपा एसको शिक्षक संगठन अध्यक्षमा कमल कार्की चयन

301 shares

दोलखा । नेकपा (एकीकृत समाजवादी) निकट शिक्षकहरुको संगठन प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको अध्यक्षमा कमल कार्की चयन भएका छन् । शनिबार चरिकोटमा भएको भेलाले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

भेलाले उपाध्यक्षमा नीर बहादुर बस्नेत, महिला उपाध्क्षमा पुष्पा दाहाल चौलागाई, सचीवमा प्रकाश दाहाल र कोषाध्यक्षमा शंकर बस्नेतलाई निर्विरोध चयन गरको छ ।

शिक्षक तथा बुद्धिजीवीको भेलालाई नेकपा एसका केन्द्रिय पोलिट्व्युरो सदस्य शिव प्रसाद भण्डारी लगायतका नेताले शुभकामना मन्तव्य दिएका थिए ।

त्यस्तै, बुद्धिजीवी परिषद समाजवादीको संयोजकमा सिताराम दाहाल चयन भएका छन् ।

301 shares