आइएमई जनरल इन्स्योरेन्सको हकप्रद निष्काशन

189 shares

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले फागुन २२ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो ।

हकप्रद निष्काशनको लागि इन्स्योरेन्सले फागुन १ गते बुक क्लोज गरेको थियो । सो अनुसार माघ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

शेयरधनीले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल तथा संस्थाको रजिष्टर्ड तथा शाखा कार्यालय मार्फत आवेदन दिन सक्नेछन् । साथै मेरोशेयर मार्फत चैत्र १३ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जनाएको छ ।

189 shares