दमौली बजारमा भीषण आगलागी, सात घर जलेर नष्ट

378 shares

काठमाडौँ। तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । आइतबार भुपाल हार्डवेयरमा आगलागी भएको हो ।

हार्डवेयमा भएको आगलागी सल्केर हालसम्म सातओटा घर जलेर नष्ट भएको छ । आगो निभाउनको लागि काठमाडौँबाट हेलिकप्टर मगाइनुका साथै चितवन, लमजुङ, पोखरा लगायतका ठाउँबाट दमकल मगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

378 shares