सुनको मूल्य तोलाको एक लाख नाघ्यो
वि.सं.२०७८ फागुन २२ आइतवार ०७:०५
434
shares
काठमाडौँ। सुनको मूल्य बढेर प्रतितोला एक लाख रुपैँया नाघेको छ । आइतबार छापावाल सुनको मूल्य १ लाख १ हजार ९ सय रुपैँया पुगेको हो ।
अघिल्लो दिन प्रतितोला ९९ हजार ९ सय रुपैँयामा कारोबार भएको सुन ह्वात्तै बढेको हो । त्यस्तै, तेजाबी सुनको मुल्य १ लाख १ हजार ४ सय रुपैँया पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी ३५ रुपैँया बढेर पतितोला १ हजार ४ सय १५ रुपैँयामा कारोबार भइरहेको छ ।
वि.सं.२०७८ फागुन २२ आइतवार ०७:०५
434
shares