टेलिचलचित्र सान्नानी प्रदर्शनमा आउने

364 shares

काठमाडौँ । नेपाली टेलिचलचित्र सान्नानी प्रदर्शनमा आउने भएको छ । प्रदर्शनको लागि तयार रहेको टेलिचलचित्र जितु कमेडि नामक युट्युव च्यानलमार्फत प्रदर्शनमा आउने भएको हो ।

निरज नेपालको निर्देशन रहेको टेलिचलचित्रलाई दमन रुपाखेतीले लेखेका हुन् । टेलिचलचित्रलाई सञ्जय राइले खिचेका हुन् भने उत्सव पौडेलले सहायक निर्देशन गरेका छन् ।

समसामयिक कथाबस्तुमा निर्माण भएको चलचित्रमा अनुपमा भण्डारी, मुकुन्द मैनाली, उत्तम अर्याल, धनराम मुस्कान, राजन शिम्खडा, स्वस्तिका लामिछाने, शिशिर अर्याल, मञ्जिता खनाललगायतका कलाकारले अभिनय गरेका छन् ।

364 shares