पल शाहलाई थप १२ दिन हिरासतमा राख्न अदालतको आदेश

364 shares

काठमाडौँ । अभिनेता पल शाहलाई थप १२ दिन प्रहरी हिरासतमा राख्न अदालतले आदेश दिएको छ । जबर्जस्ती करणीको आरोपमा प्रहरीमा आत्मसमर्पण गरेका पललाई अनुसन्धानको लागि थप हिरासतमा राख्न अदालतले आदेश दिएको हो ।

आइतबार एक हप्ताको अनुसन्धान पुरा गरेको प्रहरीले थप अनुसन्धानको लागि पललाई हिरासतमा राख्न अदालतले आदेश दिएको हो । पललाई गायीका समीक्षा अधिकारीले करणी गरेको आरोपमा प्रहरीमा उजुरी दिएकी थिइन् ।

364 shares