मदन भण्डारी फाउन्डेसन दोलखाको अध्यक्षमा हरिबंश चौलागाई

427 shares

दोलखा । मदन भण्डारी फाउन्डेसन दोलखाको अध्यक्षमा हरिबंश चौलागाई चयन भएका छन् । आइतबार भएको फाउन्डेसनको तेश्रो सम्मेलनले चौलागाइको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरेको हो ।

सम्मेलनले फाउन्डेसनको उपाध्यक्षमा कृष्ण कार्की, सचीवमा कृष्ण बस्नेत र कोषाध्यक्षमा उर्मिला खड्कालाई चयन गरेको छ । साथै सम्मेलनले ३१ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन गरेको छ ।

427 shares