चिलिमे हाइड्रको ४७ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

392 shares

काठमाडौँ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको ४७ लाख १० हजार ५ सय ५४ कित्ता बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको बोनश शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको ३ सय ९२ औ बैठकले १५ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको थियो । लाभांस वितरण पहिले कम्पनीको कुल पुँजी ६ अर्ब २८ करोड रहेको थियो ।

कम्पनीले पुष १५ गते बुक क्लोज गरेको थियो । कम्पनीको शेयर प्रतिकित्ता ४ सय ८७ रुपैँयामा अन्तिम कारोबार भएको छ ।

392 shares