नेपालले एकदिवसीय टी – ट्वान्टी सिरिज टियुमा खेल्ने

266 shares

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले एकदिवसीय र त्रीदेशीय टी – ट्वान्टी सिरिज घरेलु मैदानमा खेल्ने भएको छ । नेपालले पीएनजीसँग एकदिवसीय अन्तराष्ट्रिय सिरिज टियुमा खेल्ने भएको हो ।

पीएनजीसँग मार्च २५ र २६ मा नेपालले सिरिज खेल्ने क्यानले जनाएको छ । त्यस्तै, टियुकै मैदानमा पीएनजी र मलेसियासँग मार्च २८ देखि अप्रिल ४ सम्म त्रिदेशीय टी – ट्वान्टी सिरिज नेपालले खेल्नेछ ।

266 shares