सहकारीले एटीएम कार्ड जारी गर्ने, नेपाल बाहिर पनि प्रयोग गर्न मिल्ने
वि.सं.२०७८ फागुन २३ सोमवार ०४:५८
546
shares
काठमाडौँ । सहकारी संस्थाहरुले एटीएम कार्ड जारी गर्ने भएका छन् । यसका लागि राष्ट्रिय सहकारी बैंकले आइतबार भुक्तानी सेवा प्रदायक कम्पनीसँग सहकार्य गरेको हो ।
यो सँगै राष्ट्रिय सहकारी बैंकले भुक्तानी सेवा प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजी र ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा एटीएम सेवा सुरु गरेको हो । अब, सहकारी संस्थाहरुले ‘कोप कार्ड’ ब्रान्डमा आफ्ना सदस्यहरूलाई एटीएम सेवा दिन पाउनेछन् ।
सहकारी संस्थाहरुले जारी गरेको एटीएम कार्ड ग्लोबल आइएमई बैंकको एटीएम काउन्टरमा निशुल्क प्रयोग गर्न मिल्नेछ । अन्य बैंकको काउन्टरबाट भने शुल्क लाग्नेछ । त्यस्तै, नेपाल बाहिर भारतमा पनि कोप कार्ड प्रयोग गर्न सकिने राष्ट्रिय सहकारी बैंकले जनाएको छ ।
वि.सं.२०७८ फागुन २३ सोमवार ०४:५८
546
shares