पल शाह प्रकरण : एक युट्युवर पक्राउ

वि.सं.२०७८ फागुन २३ सोमवार १४:०४
714
shares

काठमाडौँ । पल शाह प्रकरणमा प्रहरीले एक युट्युवरलाई पक्राउ गरेको छ । युट्युव च्यानलमार्फत व्यक्तिको चरित्र हत्या गर्ने गरी समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले युट्युवर राहुल थापालाई पक्राउ गरेको हो ।
थापा ‘सेलेब नेपाल’ नामक च्यानलका सञ्चालक हुन् । नायिका रेखा थापाले दिएको उजुरीपछि साइबर ब्युरोले पक्राउ गरेको हो । उनले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले सोही अनुसार काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।

वि.सं.२०७८ फागुन २३ सोमवार १४:०४
714
shares