जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा रामहरि शिवाकोटी नियुक्त

259 shares

दोलखा । प्रदेश खेलकुद विकास परिषद अन्तर्गत दोलखा जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा रामहरि शिवाकोटी नियुक्त भएका छन् । प्रदेश खेलकुद विकास परिषदले सोमबार शिवाकोटीलाई २ वर्षको लागि नियुक्त गरेको हो ।

शिवाकोटी नेकपा (एकीकृत समाजवादी) को जवस युवा संघ दोलखाको सह अध्यक्ष हुन् । उनि प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली २०७६ को नियम ३ को उपनियम (१) को ” क ” मा व्यवस्था भएबमोजिम खेलकुद समितिमा नियुक्त भएका हुन् ।

259 shares