कमल खत्रीको ‘तस्वीर ३’ सार्वजनिक

203 shares

काठमाडौँ । गायक कमल खत्रीको तस्वीर ३ को खोजि रहन्छु बोलको गितको भिडियो सार्वजनिक भएको छ । कमल खत्रि युट्युव च्यानलमार्फत गितको अफिसियल भिडियो सार्वजनिक भएको हो ।

‘बोल्दैन तिम्रो तस्वीर’ र ‘तस्वीर २’ पछि खत्रीले ‘तस्वीर ३’ सार्वजनिक गरेका हुन् । पछिल्ला दुवै गित दर्शकहरुले एकदमै मन पराएका थिए ।

अभिशेक नगरकोटीको शब्द रहेको गितको संगित खत्रीलेनै भरेका छन् । गितको भिडियोमा विश्व शर्मा, वर्षा राउत, रोशन लामाको अभिनय रहेको छ । भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका छन् ।

203 shares