नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड, भाग्यमानी ७७ हजारले पाए १० कित्ता

616 shares

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मंगलबार आईपीओ बाँडफाँड गरेको हो ।

नेष्डोले फागुन ११ गतेदेखि ८ लाख २८ हजार ७ सय ५० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमा २५ लाख २७ हजार १ सय १ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएका मध्ये गोलाप्रथाबाट ७७ हजार ४ सय ५६ जनाले १० कित्ताको दरले र तीन जनाले ११ कित्ताको दरले शेयर पाएका छन् । आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६ सय ४५ जनालाई आईपीओ परेन भने ४ हजार १ सय १६ जनाको आवेदन रद्द भएको थियो ।

यसरी हेर्नुहोस् रिजल्ट

1.  https://meroshare.cdsc.com.np/#/login

2.  https://iporesult.cdsc.com.np/

616 shares