नेप्सेमा पहिरो, सबै सुचक नकरात्मक

175 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भारी गिरावट आएको छ । साताको चौथो कारोबार दिनमा नेप्से ३०.२९ अंकले घटेर २५१४.६५ विन्दुमा पुगेको हो ।

बुधबार २ अर्ब ३५ करोड रुपैँया बराबरको कारोबार हुँदा १ सय ७१ कम्पनीका लगानीकर्ताले घाटा व्यहोरेका छन् भने १९ कम्पनीका लगानीकर्ताले राहत पाएका छन् । आज नेप्सेसहितका सबै सूचकहरु नकरात्मक रहे ।

विशाल बजार कम्पनी, सामुदायिक लघुवित्त, बुद्धभुमी नेपाल लगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

175 shares