आईफोन एसई सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

707 shares

काठमाडौँ । एप्पलले आईफोन एसई सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार ‘आईफोन एसई २०२२’ सार्वजनिक गरेको हो ।

आईफोन ८ जस्तै देखिने एसईमा फाइभजी सपोर्ट गर्ने फिचर रहेको छ । यसको नेपाली मुल्य ५२ हजार ५ सय रुपैँयाबाट सुरु हुने देखिएको छ ।

फिचरहरु
ए १५ बायोनिक चिप १२ मेगापिक्सेलको रियर क्यामेरा, ७ मेगापिक्सेलको सेल्फी क्यामेरा, फोरके भिडिओ क्वालिटी, ४.७ इन्च एलसीडी डिस्प्ले लगायतका फिचरहरु यसमा रहेका छन् ।

कम्पनीले एसईलाई मिडनाइट ब्ल्याक, रेड, स्टारलाइट कलरमा उपलब्ध गराएको छ । मार्च १८ देखि फोन बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

707 shares