नेपाल आइडलको विजेतालाई २७ लाख ५० हजार पुरस्कार

210 shares

काठमाडौँ । गायन रियालिटी शो नेपाल आइडलको विजेताको पुरस्कार घोषणा भएको छ । अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले शुक्रबार विजेताको पुरस्कार राशि घोषणा गरेका हुन् ।

नेपाल आइडलको विजेताले २७ लाख ५० हजार रुपैँया नगद पुरस्कार पाउने भएको छ । त्यस्तै, फस्ट रनरअपले ५ लाख रुपैँया र सेकेन्ड रनरअपले ३ लाख रुपैँया नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपाल आइडल सिजन–४ कोे उत्कृष्ट ५ मा भुपेन्द्र थापा मगर, नाङ्गेल तामाङ, लक्ष्मी पौडेल,रञ्जित नेपाली र विश्वास उप्रेती रहेका छन् ।

210 shares