नेप्सेमा सकरात्मक संकेत, तीन कम्पनीको शेयरमा सर्किट
वि.सं.२०७८ फागुन २९ आइतवार ०७:३०
497
shares
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकरात्मक संकेत देखिएको छ । साताको पहिलो कारोबार दिन बजार खुलेको २ घण्टामा नेप्से ८१.४५ अंकले बढेको छ ।
नेप्सेका सबै सूचकहरु सकरात्मक देखिएका छन् । २ अर्ब ७२ करोड रुपैँया बराबरको कारोबार भइरहेको बजारमा तीन कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सानिमा लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
शिवश्री हाइड्रो, युनिलिभर नेपालको शेयर मूल्य स्थिर रहेको छ भने आइसिएफसि फाइनान्स र युनाइटेड मर्दिको शेयरमुल्य घटेको छ ।
वि.सं.२०७८ फागुन २९ आइतवार ०७:३०
497
shares