‘द कस्मिर फाइल्स’ले चार दिनमा कमायो ४२ करोड

385 shares

काठमाडौँ । बलिउड फिल्म ‘द कस्मिर फाइल्स’ले चार दिनमा ४२ करोड रुपैँयाभन्दा धेरैको कमाइ गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले उक्त कमाइ गरेको हो ।

१२ करोड रुपैँया बराबरको लगानीमा निर्माण भएको फिल्मले पहिलो दिन ३.५ करोड रुपैँयाको कमाइ गरेको थियो । फिल्मले राम्रो प्रतिक्रिया पाएपछि स्क्रिनको संख्या बढाइएको छ भने फिल्मको कमाइ प्रतिदिन बढिरहेको छ । फिल्मलाइ विवेक रञ्जन अग्निहोत्रीले निर्देशन गरेका छन् ।

385 shares