अनेरास्ववियु शैलुङको अध्यक्षमा बसन्त मोक्तान चयन

357 shares

दोलखा । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले शैलुङ गाउँपालिकाको प्रथम पालिका अधिवेशन सम्पन्न गरेको छ । शुक्रबार अनेरास्ववियुले दुर्गा मा.वि. मागापौवामा पालिका अधिवेशन गरेको हो ।

अधिवेशनले बसन्त मोक्तानको अध्यक्षतामा ४१ सदस्यिय पालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा भुवन बस्नेत, सचिवमा निमा मोक्तान, उप सचिवहरुमा आकास मगर, निराजन वटला, इच्छा घिसिङ र कोषाध्यक्षमा सुसन श्रेष्ठ चयन भएका छन् ।

अधिवेशनलाई एमालेको केन्द्रिय कमिटी सदस्य तथा वागमति प्रदेश सभा सदस्य रचना खड्काले सम्बोधन गरेकी थिइन् ।

357 shares