केजीएफ २ को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

343 shares

काठमाडौँ । बहुप्रतिक्षीत चलचित्र केजीएफ च्याप्टर २ को ट्रेलर सार्वजनिक भएको छ । आइतबार एक्सल मुभिजमार्फत चलचित्रको ट्रेलर सार्वजनिक भएको हो ।

च्याप्टर १ ले चलचित्र उद्योगमा तहल्का मच्चाएपछि दर्शकलाई दोस्रो भागको पर्खाइ थियो । उक्त पर्खाइ अब सकिएको छ ।

प्रशान्त निलको लेखन निर्देशन रहेको फिल्म अप्रिल १४ देखि विश्वभर प्रदर्शन हुने भएको छ । फिल्ममा यश, सञ्जय दत्त, श्रीनिधि सेट्टी, रविना टन्डन लगायतका कलाकारको अभिनय रहेको छ ।

343 shares