आरआरआरले तीन दिनमै कमायो ५ सय करोड

322 shares

काठमाडौँ । चलचित्र आरआरआरले तीन दिनमै ५ सय करोड रुपैँयाबढिको कमाइ गरेको छ । शुक्रबारदेखि विश्वभर रिलिज भएको फिल्मले उक्त कमाइ गरेको हो ।

एसएस राजामौलिको निर्देशनमा बनेको फिल्मले विश्वभर तहल्का मच्चाइरहेको छ । रामचरण र जुनियर एनटिआरको मुख्य भुमिका रहेको फिल्म महँगो बजेटमा निर्माण भएको हो ।

राजामौलिकै निर्देशनमा बनेको बाहुबलीको रेकर्ड तोड्न फिल्म सफल भएको छ । बाहुबली २ ले पहिलो दिन २ सय १७ करोड रुपैँया बराबरको कमाइ गरेको थियो । आरआरआरले पहिलो दिन २ सय २३ करोड रुपैँया बराबरको कमाइ गरेको छ ।

322 shares