कमेडी क्लब विथ च्याम्पियनले हटायो प्रोमो

196 shares

काठमाडौँ । ‘कमेडी क्लब विथ च्याम्पियन’को दोस्रो भागको प्रोमो युट्युवबाट हटाइएको छ । दुर्गेश थापाले आफ्नो मान हानी हुने गरी ब्यङग्य हानेको भन्दै आपत्ती जनाएपछि प्रोमो हटाइएको हो ।

कमेडीयन साजन श्रेष्ठले दुर्गेशलाई ब्यङग्य गर्दै प्रस्तुति दिएका थिए । पल प्रकरणलाई देखाउदै साथी हानिकारक हुन्छ भन्ने आशयको प्रस्तुति साजनले दिएका थिए ।

उक्त प्रस्तुतिप्रति आपत्ति जनाउँदै दुर्गेशले कानुनी उपचारमा जाने चेतावनी दिएपछि निर्माण टिमले प्रोमो हटाएको हो ।

196 shares