स्थानीय तह निर्वाचन : दोलखामा मतदाता १ लाख ६० हजार, १ सय ९३ मतदान केन्द्र

511 shares
ishwor movie

दोलखा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि मतदाताको अन्तिम नामावली र मतदानस्थलको टुङ्गो लगाएको छ ।

आयोगको अन्तिम नामावलीमा दोलखा जिल्लामा १ लाख ६० हजार ९६ जना मतदाता रहेका छन् । सो मध्य पुरुष ८० हजार ५ सय १७ र महिला ७९ हजार ५ सय ७९ जना रहेका छन् । त्यस्तै, दोलखामा ९४ ओटा मतदान स्थल रहनेछन् भने १ सय ९३ मतदान केन्द्र हुनेछन् ।

भीमेश्वरमा २६ हजार ८ सय ३३ जना मतदाता रहेका छन् । उक्त नगरमा १७ मतदान स्थल र ३४ मतदान केन्द्र रहेको छ । त्यस्तै, जिरीमा १४ हजार ५८ जना मतदाता रहेका छन् भने १० मतदान स्थल र १७ मतदान केन्द्र रहेका छन् ।

कालिञ्चोक गाउँपालिकामा १८ हजार ६ सय ६१ जना मतदाता रहेका छन् भने १० मतदान स्थल र २१ मतदान केन्द्र रहेका छन् । त्यस्तै, गौरीशंकर गाउँपालिकामा १५ हजार ३ सय ४१ जना मतदाता रहेका छन् । सो गाउँपालिकामा १२ मतदान स्थल र २० मतदान केन्द्र रहेका छन् ।

तामाकोशी गाउँपालिकामा १५ हजार ८ सय ३५ जना मतदाता रहेका छन् भने ८ मतदान स्थल र २० मतदान केन्द्र रहेका छन् । त्यस्तै, मेलुङ गाउँपालिकामा १८ हजार १ सय ५३ जना मतदाता रहेका छन् भने ८ मतदान स्थल र १९ मतदान केन्द्र हुनेछ ।

विगु गाउँपालिकामा १४ हजार ४ सय २३ जना मतदाता रहेका छन् । सो पालिकामा १२ मतदान स्थल र २१ मतदान केन्द्र रहेका छन् । त्यस्तै, बैतेश्वर गाउँपालिकामा १७ हजार ४ सय ६२ जना मतदाता रहेका छन् । बैतेश्वरमा ८ मतदान स्थल र १९ मतदान केन्द्र रहेका छन् ।

शैलुङ गाउँपालिकामा १९ हजार ३ सय ३० जना मतदाता रहेका छन् । शैलुङमा ९ मतदान स्थल रहने छन् भने २२ मतदान केन्द्र रहेका छन् ।

511 shares