माओवादी केन्द्रका नेता निमा लामासहित दर्जनौँ नेता कार्यकता एमाले प्रवेश

406 shares

दोलखा । नेकपा माओवादी केन्द्र दोलखा निर्वाचन क्षेत्र नम्बर १ संयोजक निमा लामा एमाले प्रवेश गरेका छन् । मंगलबार लामा लगायत दर्जनौँ माओवादीका कार्यकर्तालाई एमालेले स्वागत गरेको छ ।

लामा यस अगाडिको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार भएका थिए ।

पार्टी प्रवेश गर्नेमा माओवादी केन्द्र दोलखाको सचिवालय सदस्य मिङगुर शेर्पा, गौरीशंकर गाउँपालिकाका उपसचिव अशोक तामाङ लगायतका साविकको भm्याँकु गाविसका माओवादी कार्यकर्ता रहेका छन् ।

406 shares