पोर्चुगल विश्वकपमा छनोट

413 shares

काठमाडौँ । युरोपेली छनोटको प्लअफ फाइनलमा जित हासिल गर्दै पोर्चुगल कतार फिफा विश्वकप २०२२ मा छनोट भएको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० ले पराजित गरेको हो ।

सर्वाधिक चासोमा रहेको मंगलबारको प्लेअफ फाइनलमा पोर्चुगलको लागि ब्रुनो फर्नान्डेस नायक सावित भए । उनले पोर्चुगलको लागि मंगलबारको खेलमा २ गोल गरेका छन् ।

ब्रुनोले खेलको ३२ औँ र ६५ औँ मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै, मंगलबारनै भएको अर्को खेलमा पोल्यान्डले स्विडेनलाई २–० ले हराउँदै विश्वकपमा छनोट भएको छ ।

413 shares