बलेफी हाईड्रोको १८ लाख २७ हजार कित्ता आईपीओ निष्काशन, कति भर्ने ?

364 shares

काठमाडौँ । बलेफी हाईड्रोपावर कम्पनीको साधरण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीको बुधबारदेखि १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्काशन भएको हो ।

कम्पनीले निष्काशन गरेको जम्मा शेयरमध्ये ७३ हजार १ सय १९ कित्ता कर्मचारीहरुको लागि, सामूहिक लगानीकोषको लागि ९१ हजार ३ सय ९८ कित्ता छुट्याइएको छ । बाँकि रहेको १६ लाख ६३ हजार ४ सय ५३ कित्ता शेयरमा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

सर्वसाधरणले कम्पनीको शेयरमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा चैत्र २१ गते र ढिलोमा चैत्र ३० गतेसम्ममा सर्वसाधरणले आवेदन दिन सक्ने कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

364 shares