नेप्सेमा छायो हरियालि, ४० अंकको सुधार

301 shares

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । बुधबार नेप्से ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ ।

साताको चौथो कारोबार दिनमा पूँजीबजारका २ अर्ब २५ करोड रुपैँया बराबरको कारोबार भएको छ । नेप्सेसहित, सेन्सेटिभ, फ्लट, सेन्सेटिभ फ्लट सूचकहरु सकरात्मक देखिएका छन् ।

१७८ कम्पनीका लगानीकर्तालाई राहत भएको छ भने १३ कम्पनीका लगानीकर्ता निराश भएका छन् । ४ कम्पनीको शेयरमूल्य स्थिर देखिएको छ ।

इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त लगायतका कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । युनिलिभर नेपाल, सिटिजन्स बैंक लगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाउन पुगेका छन् ।

301 shares