माओवादी परिवार दल भयो

252 shares

दोलखा । नेकपा माओवादी केन्द्र केन्द्र देखि वडा तहसम्मे परिवार दलको रुपमा रुपान्तरण भएको माओवादीका नेता नीमा लामाले आरोप लगाए । मंगलबार माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेका लामाले उक्त आरोप लगाए ।

लामा २०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी र काँग्रेसको गठबन्धनबार गौरीशंकर गाउँपालिका प्रमुखको उम्मेदवार बनेका थिए । उनी एमालेका उम्मेदवार सोयम बहादुर खड्कासँग ठुलो मतान्तरले पराजित भएका थिए ।

माओवादी दलको रुपमा नभइ परिवारको रुपमा परिवर्तन भएपछि एमाले प्रवेश गरेको लामाले बताए ।

१५ गते एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा लामासहित उत्तरी भेगको धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

252 shares