क्यान्सर लगायतका गम्भीर रोग लागेका बिरामीले मासिक ५ हजार पाउने

364 shares

दोलखा । सरकारले गम्भीर प्रकृतिको रोग लागेका बिरामीलाई मासिक ५ हजार रुपैँया दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

लामो समयदेखि कार्यविधि अभावको कारण यो विषय अलपत्र परेको थियो । सरकारले कार्यविधि बनाएर मिर्गौला प्रत्यारोपन गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक रुपमा ५ हजार रुपैँया पाउने ब्यबस्था गरेको हो ।

364 shares