‘पल्पसा क्याफे’ वैशाख ९ देखि मञ्चन हुने

399 shares

काठमाडौँ । नाटक पल्पसा क्याफे वैशाख ९ गतेदेखि मञ्चन हुने भएको छ । कोरोना महामारीको कारण रोकिएको नाटक वैशाखमा प्रदर्शन हुने भएको हो ।

नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ मा बनेको नाटक मण्डला थिएटरमा प्रदर्शन हुनेछ । नाटकलाइ थिएटर भिलेजले निर्माण गरेको हो ।

नाटकलाई सुरज सुवेदीले नाट्य रुपान्तरण गरेका हुन् । विमल सुवदीले नाटकलाई निर्देशन गरेका छन् ।

सृष्टिको इन्ट्रि
पल्पसाको मुख्य भुमिकामा सृष्टि श्रेष्ठले अभिनय गर्ने भएकी छन् । अघिल्लो वर्ष पल्पसाको भुमिकामा अभिनेत्रि स्वस्तिमा खड्कालाई अभिनय गराउने तयारी निर्माण टिमले गरेको थियो । कोरोनाको कारण समयमै नाटक प्रदर्शन हुन नसक्दा कलाकारहरु परिवर्तन भएका हुन्।

नाटकमा सृष्टिका अलवा निर्देशक विमल, दीपेश राई, बच्चु हिमांश, संगिता थापा लगायतका कलाकारको अभिनय रहेको छ ।

399 shares