ग्रीन भेन्चर्सको आईपीओ बाँडफाँट, २ लाख ८७ हजारले पाए १० कित्ता

364 shares

काठमाडौँ । ग्रीन भेञ्चर्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले चैत ८ गतेदेखि ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो । त्यसमा ९३ हजार ७ सय ५० कित्ता कर्मचारीको लागि र १ लाख ५६ हजार २ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि २८ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका थिए ।

बिक्री प्रबन्धकको अनुसार २१ लाख ११ हजार ५ सय ६० जनाले शेयरमा आवेदन दिएको थिए । २ लाख ८७ हजार ५०० जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीको आईपीओको नतिजा सीडीएससी आईपीओ रिजल्ट https://iporesult.cdsc.com.np/बाट हेर्न सकिन्छ ।

364 shares