राजामौलीसँग रिसाइन् आलिया, गरिन् इन्स्टामा अनफलो

259 shares

काठमाडौँ । अभिनेत्री आलिया भट्ट निर्देशक एसएस राजामौलीसँग रिसाएकी छन् । फिल्म आरआरआरमा सँगै काम गरेकी आलिया फिल्म रिलिजपछि राजामौलीसँग रिसाएकी हुन् ।

राजमौलीको निर्देशनमा बनेको फिल्म आरआरआरले पछिल्लो समय बक्सअफिसमा तहल्का मच्चाइरहेको छ । सोही फिल्ममा आलियाले छोटो भुमिका निभाएकीछन् । सिताको भुमिकामा देखिएकी आलियाले आफ्नो महत्वपुर्ण सिनहरु काटीएकोमा निर्देशकसँग रिसाएकी हुन्

उनले इन्स्टाग्राम एकाउन्टबाट फिल्मको प्रचारसामग्रीसमेत हटाएकीछन् । साथै निर्देशक राजामौलीलाई इन्स्टामा अनफलो पनि गरेकीछन् ।

फिल्ममा छोटो भुमिका भएपनि आलियाले फिल्मको लागि मोटो रकम लिएकी छन् । उनले ९ करोड भारु पारिश्रमीक लिएको जनाइएको छ ।

फिल्ममा साउथका दुई सुपरस्टार जुनिएर एनटिआर र रामचरणको प्रमुख भुमिका रहेको छ । त्यस्तै, अजय देवगनको केमियो भुमिका रहेको छ ।

259 shares