नेपालले जित्यो टी–२० सिरिज

413 shares

काठमाडौँ । नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय टी–२० सिरिज जितेको छ । सोमबार भएको खेलमा पपुवा न्युगिनीलाई हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचमा त्रिकोणात्मक सिरिज भएको थियो । आजको खेलमा नेपालले पिएनजीलाइ ५० रनले पराजित गरेको हो ।

नेपालले पिएनजीलाई १ सय ६९ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्यलाई पछ्याउँदै पिएनजी १६.२ ओभरमा १ सय १८ रनमा समेटिन पुग्यो ।

आजको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी नायक सावित भए । उनले ४ ओभरमा १८ रन खर्चिदै ४ विकेट लिए । साथै उनले नटआउट ५४ रनको योगदान दिए ।

करण केसीले ३३ रन र आशिफ शेखले २९ रनको योगदान दिए ।

पिएनजीका लागि सेसे बाउले ५९ रनको योगदान दिए ।

413 shares