पूँजीबजार राताम्मे, कारोबार रकम खुम्चियो

वि.सं.२०७८ चैत २२ मंगलवार ०९:३०
651
shares

काठमाडौँ । साताको तेस्रो कारोबार दिन पूँजीबजारमा गिरावट आएको छ । मंगलबार नेप्से ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा पुगेको हो ।
बजारमा १ सय ८३ कम्पनीका लगानीकर्ताले नोक्सान व्यहोरेका छन् । १० कम्पनीका लगानीकर्तालाई थोरै भएपनि राहत भएको छ ।
मंगलबार नेप्सेसहित सेन्सेटिभ, फ्लट, सेन्सेटिभ फ्लट सुचकहरु घटेका छन् ।
राष्ट्र उत्थान र नेष्डो समृद्धि लघुवित्तको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । त्यस्तै, इमर्जिङ नेपालको शेयरमुल्यमा नकरात्मक सर्किट लागेको छ ।
नेप्से घटेसँगै कारोबार रकम २ अर्ब ६७ करोड रुपैँयामा खुम्चियको छ ।

वि.सं.२०७८ चैत २२ मंगलवार ०९:३०
651
shares