एयरहोस्टेसलाई हातपात गरेको विषयमा प्रेस काउन्सिलले सोध्यो धमलालाई २४ घण्टे स्पष्टीकरण

182 shares

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई २४ घण्टे स्पटीकरण सोधेको छ । काउन्सिलले धमलाले चैत्र २० गते जनता जान्न चाहन्छन् कार्यक्रममा प्रशारण गरेको सामग्रीप्रति आपत्ति जनाउँदै स्पष्टीकरण सोधेको हो ।

सो कार्यक्रमको छायाँकनको लागि धमला विमानस्थलमा अनुमति बेगर प्रवेश गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि भ्रमण टोलिमै रहेका उनले अनुमति बिनानै विमानभित्रको दृश्यहरुको छायाँकन गरेका थिए । वायु सेवाका कर्मचारीहरुले रोक्न खोज्दा उनले हातपात समेत गरेका छन् ।

182 shares