सिन्धुपाल्चोकमा अचानक बेहोस भएर बाजुराको युवकको मृत्यु

658 shares

काठमाडौँ । सिन्धुपाल्चोकमा एक युवकको अचानक बेहोस् भएर मृत्यु भएको छ । मंगलबार बाजुराको हिजन भण्डारीको मृत्यु भएको हो ।

बाजुरा स्वामिकार्तिक खापर वडा नम्बर २ स्थायी घर भएका भण्डारी गएको ६ महिनादेखि सिन्धुपाल्चोकमा फेज नेपाल नामक संस्थामा कार्यरत थिए । सोमबार दिउँसो ३ बजेतिर अफिस नजिकैको होटलमा चिया पिउने क्रममा उनि अचानक बेहोस भएर लडेको स्थानीयले बताएका छन् ।

लगत्तै उनलाई एम्बुलेन्समा हालेर धुलिखेल अस्पताल लाने क्रममा उनको मृत्यु भएको हो । बाटोमा लैजाने क्रममा नाकबाट अत्याधिक रगत बगेको र सोही समय अक्सीजन सकिएपछि उनको मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

658 shares