एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किए पित्तबहादुर

336 shares

काठमाडौँ । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी माओवादी केन्द्रमै फर्किएका छन् । सोमबार एमाले प्रवेश गरेका डल्लाकोटी मंगलबार माओवादीमै फर्कीएका हुन् ।

सोमबार उनि एमाले अध्यक्ष ओलि निवास बालकोटमै गएर एमालेमा प्रवेश गरेका थिए । माओवादीमै फर्किएका उनले क्षणिक आवेगमा आएर गम्भीर गल्ति भएको भन्दै आत्माआलोचनासहित माओवादीमै सक्रिय रहने विज्ञप्ती सार्वजनिक गरेका छन् ।

336 shares