रचना मैदान प्रवेश गरेको भन्दै क्यानले सोध्यो स्पष्टीकरण

336 shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले असम्बन्धित व्यक्ति मैदान प्रवेश गरेको भन्दै स्पष्टीकरण सोधेको छ । सोमबार भएको त्रिकोणत्मक टी–२० सिरिजको फाइनल खेलमा गेट तोडेर दर्शक मैदान प्रवेश गरेका थिए ।

सोमबार भएको नेपाल र पपुवा न्युगिनी (पिएनजी) बिचको खेलमा ४ ओभर बाँकि रहँदै दर्शक गेट तोडेर मैदान प्रवेश गरेका थिए । सोही विषयलाई लिएर क्यानले सुन्बी होल्डिङलाई स्पष्टीकरण सोधेको हो । प्रतियोगिताको कमर्सियल राइट सुन्बी होल्डिङले पाएको थियो ।

पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल मैदान प्रवेश गरी ट्रफीसहित खिचेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

336 shares