दिपेन्द्रले ‘के घर के डेरा’ बनाउने

259 shares

काठमाडौँ । नेपाली चलचित्रका सफल निर्देशक दिपेन्द्र खनालले नयाँ प्रोजेक्ट ‘के घर के डेरा’ बनाउने भएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै आफ्नो नयाँ प्रोजेक्ट के घर के डेराा रहेको बताएका हुन् ।

ए प्लस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की रहेका छन् । सिंगे लामाको कथा रहेको फिल्मलाई दिर्घ गुरुङले खिच्नेछन् ।

फिल्ममा दयाहाङ राई, वर्षा राउत, बिपिन कार्की, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहने भएको छ ।

दिपेन्द्रले यसअगाडि पशुपतिप्रसाद, आमा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन् ।

259 shares