फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य, पेट्रोल १६० पुग्यो, ग्यासको कति ?
वि.सं.२०७८ चैत २३ बुधवार ०३:३७
455
shares
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमको सञ्चालक समितीको मंगलबार बसेको बैठकले मुल्य बढाएको हो ।
निगमले पेट्रोलियम पदार्थको मुल्य पाँच रुपैँयाले बढाएको छ । अब पेट्रोल प्रतिलिटर १ सय ६० रुपैँया पुगेको छ । त्यस्तै , डिजेल र मट्टितेलको मुल्य प्रतिलिटर १ सय ४३ रुपैँया पुगको छ ।
खाना पकाउने ग्यासको मुल्य प्रतिसिलिन्डर २५ रुपैँया बढेर १६ सय रुपैँया पुगेको हो । निगमले घाटा बढेको भन्दै इन्धनको मुल्य बढाएको हो ।
वि.सं.२०७८ चैत २३ बुधवार ०३:३७
455
shares